छिट्टै नयाँ पार्टी घोषणा गर्छुः भट्टराई
काठमाडौँ, १९ असोज । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले विभिन्न पार्टीमा छरिएर रहेका र कुनै पार्टीमा नलागेका स्वतन्त्र ब्यक्तिहरुलाई संगठित गरी नयाँ राजनीतिक दल वनाउने योजना रहेको बताएका छन । एमाओवादी त्यागेर देश दौडाहामा निस्केका भट्टराईले रिपोर्टर्स क्लब दाङले आयोजना गरेको साक्षात्कारमा सो कुरा बताएका हुन् ।कार्यक्रममा भट्टराईले संमृद्ध नयाँ नेपाल निर्माण गर्ने यो बेलामा नयाँ ठंगले भुमिका निर्वाह गर्न नयाँ शक्तिको आवश्यकता औल्याए । उनले नयाँ राजनैतिक शक्ति बनाउन देशभर अभियानमा लागेको बताउँदै नयाँ शक्तिको स्वरुप संगठित राजनैतिक शक्ति हुने स्पष्ट पारे । ‘संविधान सभावाट संविधान वनाउने र एउटा राजनैतिक परिवर्तनको प्रकृया पुरा गर्ने हाम्रो अभियान पुरा भएको छ, एक यूग समापन भएको छ’ उनले भने ,‘अव हामी आर्थिक विकास र सम्वृद्धि हुदै समुन्नत नयाँ नेपाल निर्माण गर्ने नयाँ यूगमा प्रवेश गर्दैछौं ।’
भट्टराईले आफूलाई कैलाली जानबाट कसैले रोक्न नसक्ने भन्दै जसरी भएपनि कैलालीका थारु समुदायसँग आफू भेट्न जाने बताए । ‘म स्वतन्त्र नागरिक हुँ मलाई किन प्रतिवन्ध लगाइयो ?’ उनले भने ‘कैलालीमा म जसरी भएपनि पुग्छु सुरक्षा व्यवस्था गर्नु राज्यको दायित्व हो ।’ सुरक्षा दिन नसक्ने भन्दै कैलाली जिल्ला प्रशासनले उहाँको कार्यक्रम स्थगन गर्न आग्रह गरेको थियो । भट्राई बुधबार कैलाली जाने कार्यक्रम छ ।
एकिकृत नेकपा माओवादी र संसद सदस्य वाट राजीनामा दिएर मधेस र थारु आन्दोलनलाई समर्थन गर्न दौडामा निस्कीएका भट्टराईले थारुहरुले गरीरहेको आन्दोलन जायज रहेको समेत वताए ।
‘थारुहरुले आन्दोलन गरेका छन् त्यसलाई जायज मान्छु, संविधान संसोधन गरेर माग पुरा गर्नुपर्छ’उनले भने –‘ढुंगामा लेखीएको अक्षर त होईन संविधान, संसोधन गरेर जनताको माग पुरा गर्नुपर्छ ।’ पहिचानको पाँच र सामाथ्र्यको चार आधार सवैले स्वीकार गरेकोले हिजोको प्रतिवद्धता संविधान सभाको निर्णय कार्यान्वयन गरिनुपर्ने वताए । रिपोटर्स क्लव दाङ्गका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कारमा डा. वावुराम भट्टराईले भारतले गरेको नाकावन्दी र आफ्नो पार्टी परित्यागको कुनै साईनो नरहेको दावी गरे ।
‘भारतले नाकावन्दी ग-यो भन्ने कुरा छ त्यो अन्त्यन्त दुःखद छ, गलत छ, अन्र्तराष्ट्रिय पारवहन सम्वन्धि सन्धीको घोर उल्लंघन छ’उनले भने –‘नेपाल प्रति चाँही थिचो मिचो छ अन्त्य गरौं भन्ने मान्छेलाई आशंका गर्नु पटकै मनासीव छैन् ।’