प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता हुदै
काठमाडौं, २३ असोज । संसद् सचिवालयले हिजो प्रकाशित गरेको निर्वाचन कार्यक्रमअनुसार आज बिहान ११ बजेदेखि चार बजेसम्म प्रधानमन्त्रीका लागि लागि उम्देवारी दर्ता गर्ने समय तोकिएको छ। आजै साढे चार बजे उम्मेदवारहरुको अन्तिम सूची प्रकाशित हुने छ। एमाले अध्यक्ष केपी ओलीको उम्मेदवारी सार्वजनिक भइसकेको छ। अरु दलले उम्मेदवारी दिने नदिने अझै टुंगो लागेको छैन। कांग्रेसबाहेकका अरु दल एमाले नेतृत्वलाई सघाउने पक्षमा छन्। सहमतीय सरकारको प्रयास सफल नभएपछि शुक्रबार नै प्रधानमन्त्री चयनका लागि निर्वाचन प्रकिया प्रारम्भ गरेको हो। प्रधानमन्त्रीको निर्वाचन कार्यक्रम संसद् सचिवालयले शुक्रबार नै प्रकाशित गरेको छ।
राष्ट्रपति डा रामवरण यादवले सहमतीय सरकार निर्माणका लागि दिएको एक साताको म्याद समाप्त भएपछि बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चुन्न शुक्रबार बिहान संसद्लाई पत्र पठाएका हुन्।
सभामुखले प्रधानमन्त्रीको निर्वाचनका लागि संसद्का महासचिव मनोहर भट्टराई निर्वाचन अधिकृत तोकेका छन्। प्रधानमन्त्रीको निर्वाचनका लागि मतदानस्थल संसद्भवन नयाँ बानेश्वर तोकिएको छ। अब संसद्ले आजैदेखि बहुमतीय आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्ने प्रक्रिया प्रारम्भ गर्ने छ। सहमतीय सरकारका लागि राष्ट्रपतिले दिएको एक साताको म्याद बिहीबार सकिएको थियो। असोज १५ गते सहमतीय सरकार बनाउन राष्ट्रपतिले एक साताको म्याद दिदै दलहरुलाई आग्रह गरेका थिए।