सभामुख र उपसभामुखका लागि आज मतदान
काठमाडौ २९ असोज । तोकिएको समयसीमा भित्र सहमतिका आधारमा दलहरुले सभामुख र उपसभामुख चयन गर्न नसकेपछि आज व्यवस्थापिका संसदको सभामुख र उपसभामुख पदका लागि आज मतदान हुदैछ । उम्मेदवारको मनोनयन दर्ताका लागि आज बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समयसीमा निर्धारण गरेको छ । यस्तै सभामुखका लागि ३ बजे र उपसभामुखका लागि ५ बजे संसदमा मतदान हुने संसद सचिवालयले जनाएको छ ।
सत्तारुढ गठबन्धन दलहरुबिच एकीकृत नेकपा माओवादीलाई सभामुख र राप्रपा नेपाललाई उपसभामुख दिने सहमति भएको छ । एकीकृत नेकपा माओवादीका तर्फबाट ओनसरी घर्तीलाई सभामुख तथा राप्रपा नेपालका तर्फबाट कुन्ती शाहीलाई उपसभामुखमा उठाउने सहमति भएको छ ।
प्रधानमन्त्रीको पदमा उम्मेदवारी दिएको नेपाली कांग्रेसले सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिने जनाएको छ । उद्यपी पर्टीका तर्फबाट उठाउने उम्मेदवारको नाम भने तय भइनसकेको सो पार्टीले जनाएको छ ।