परराष्ट्रमन्त्री थापा भारत जाँदै
काठमाडौं, ३० असोज । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापा आज भारत जाँदै छन । भारतले गर्दै आएको अघोषित नाकाबन्दीका कारण इन्धन लगायतका अत्यावश्यक वस्तुको अभावले दैनिक जनजीवन कष्टकर बन्दै गएपछि समस्या समाधानको लागि पहल गर्न उहाँ दिल्ली जान लागेका हुन् ।
उनि आज दिउँसो भारत जाने कार्यक्रम छ । तीन दिने भारत भ्रमणको क्रममा उनले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।