सभामुखको सपथ आज

२०७२ कार्तिक १ गते, आईतवार

काठमाडौं ,१ कात्तिक । नवनियुक्त सभामुखले आज पद तथा गोपनियताको सपथ लिने भएकी छन् । सभामुखमा निर्वाचन ओनसरी घर्तीले दिउँसो तीन बजे राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति डा. रामबरण यादवबाट पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । सपथपछि आजै सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पद बहाली गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
यसैबीच उपसभामुखमा निर्वाचित गंगाप्रसाद यादवको शपथग्रहण भने सोमबार हुने भएको छ । सपथको कार्यक्रम सोमबार बिहान ११ बजे सिंहदरबारमा हुने संसद सचिवालयले जनाएको छ । यादवले सभामुख ओनसरी घर्तीबाट सपथ लिनेछन् । सपथ लगत्तै यादवले पनि पदबहाली गर्नेछन् ।

प्रतिक्रियाहरु

[anycomment]