प्रमद्वारा क्रिकेट टोलीलाई बधाई
काठमाडौँ, ६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली यु–१९ क्रिकेट टोली आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भएकामा खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई बधाई दिएका छन् । आज विज्ञप्तिमार्फत बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले आज क्रिकेटबाट प्राप्त भएको विजय सबै नेपाली खेलप्रेमी र मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । प्रधानमन्त्रीले क्रिकेटलगायत अन्य खेलको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । – रासस