मधेसी मोर्चासग निर्णायक वार्ता हुदै
काठमाडौं, १५ कार्तिक । मधेस आन्दोलन शुरु भएको ७९ औं दिन सरकार र मधेसी मोर्चाबीच आज तेस्रो चरणको औपचारिक वार्ता हुने भएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय विजुलीबजारमा अपराह्न ४ बजे हुने वार्तालाई आशा र निराश दुवै कोणबाट हेरिएको छ । आजको वार्ता सकारात्मक नभए मधेसी मोर्चाले आन्दोलनलाई थप सशक्त बनाएर लैजाने घोषणा गरिसकेको छ ।
यसअघि भएको वार्तामा मोर्चाले अघि सारेका केही माग पूरा गर्ने सरकारले प्रतिबद्धता जनाए पनि संघीयताको सिमांकनका विषयमा भने विवाद हुँदै आएको थियो । मधेसी मोर्चाले वार्तालाई परिणाम मुखी बनाउन सिमांकनको विषयलाई अहिले नै टुंग्याएर जानुपर्ने बताउँदै आएको छ । तर सरकारले आयोगमार्फत् सिमांकनको टुंगो लगाउन सकिने जनाएको छ । मोर्चाको आन्दोलनका कारण मध्य तराईका जिल्ला लामो समयदेखि ठप्प हुँदै आएका छन् । आन्दोलनका कारण भन्दै भारतले पनि अघोषित नाकाबन्दी गर्दै आएको थियो ।