मन्त्रीमण्डल बिस्तार गर्ने तयारी

२०७२ कार्तिक १८ गते, बुधबार

काठमाडौं, १८ कार्तिक । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रीमण्डल बिस्तार गर्ने तयारी गरेका छन । एमाले अध्यक्ष समेत रहेका ओलीलाई पाटीले मन्त्री छान्न जिम्मेवारी दिएपछि उनले आज मन्त्रीबिस्तार गर्ने सम्भावना छ । एमाले स्थायी समितिको बैठकले आफ्ना् पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्नेहरुको चयनका लागि ओलीलाई जिम्मा दिएको हो । पार्टी केन्द्रीय कार्यालय धूम्बाराहीमा मंगलबार राति सम्पन्न बैठकले एमालेबाट मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको हो ।
ओलीले आवश्यक परेमा अन्य नेतासँग परामर्श गरी सम्भवतः आजै मन्त्रिमण्डल विस्तार गर्ने जनाइएको छ ।
एमालेका भागमा आठ मन्त्रालय पर्ने स्रोतले जनाएको छ । एमालेले आफ्नो तर्फबाट मन्त्री छान्न ढिलाइ गरेकै कारण मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]