‘भट्टराई’ एमाओवादीबाट निकालिए
काठमाडौं, १८ कार्तिक । एकीकृत माओवादीको आज प्रचण्ड निवास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकले पार्टीका पूर्व उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ । भट्टराईले पार्टी हित विपरित गतिबिधि गरेको भन्दै निष्काशन गर्ने निर्णय गरेको हो । भट्टराईले नयाँ शक्तिको वकालत गर्दे आएकाले स्पष्टीकरण सोधिएको तर चित्तबुझ्दो जवाफ नदिएकाले पार्टीबाट निश्काशन गर्ने निर्णय गरेको महासचिव कृष्णबहादुर महराले जानकारी दिए ।
त्यसैगरी बैंठकले भट्टराईका गतिबिधिलाई सहयोग पुर्याउने अरु नेता रामचन्द्र झा, रामरिझन यादव, महेन्द्र पासवान, रामकुमार शर्मालाई निष्काशन गरेको छ । बैंठकले केहि मान्छेले पार्टी छाड्दैमा कुनै असर नपर्ने भन्दै नेतृत्वप्रति असन्तुष्टी जनाउने बाँकीलाई स्पष्टीकरण सोध्ने भएको छ । डाक्टर बाबुराम भट्टराईको नयाँ शक्तिमा सामेल हुने भन्दै मंगलबार २५ जना नेताले राजीनामा दिएका थिए ।