चीनवाट पेट्रोलियम पदार्थ आउने क्रम जारी

२०७२ कार्तिक १९ गते, बिहीबार

काठमाडौ, १९ कात्तिक । चीनले अनुदानस्वरुप दिएको पेट्रोलियम पदार्थ आउने क्रम उत्तरी नाका रसुवागढीबाट निरन्तर भइरहेको छ । जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार चारवटा ट्याङ्कर अहिले धुन्चेबाट काठमाडौँका लागि प्रस्थान गरिसकेको र हालसम्म २४ वटा ट्याङ्कर इन्धन काठमाडौँतर्फ गइसकेको छ ।
उता सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मले ३७ वटा ट्याङ्कर इन्धन भरी रसुवागढी नाकाबाट भित्रिएको र इन्धन भरेका केही ट्याङ्कर टिमुरे–धुन्चेबीचका सडक मार्गमा आउँदै गरेको बताएको छ । – रासस

प्रतिक्रियाहरु

[anycomment]