माओवादीद्वारा मदिरा बिक्रि बितरणमा रोक

२०७२ कार्तिक १९ गते, बिहीबार

काठमाडौं, १९ कार्तिक । नेकपा माओवादी गुल्मीले जिल्लामा अनाधिकृत रुपमा संचालनमा आएका मदिरा पसल र स्वास्थ्यकालागि अत्यन्तै हानीकारक किसिमका मदिराको विक्रि वितरणमा रोक लगाएको छ । माओवादी गुल्मीका जिल्ला सेक्रेटरी विष्णु पन्तले एक विज्ञप्ती जारी गर्दै त्यस्ता प्रकारका मदिराको विक्रि वितरण तत्कालै बन्द गर्न मदिरा उत्पादक कम्पनी, डिलर र स्थानीय पसलहरुलाई आग्रह समेत गरेका छन् । विज्ञप्तीमा मादक पदार्थ सेवनका कारण मानव स्वास्थ्यमा दिनहुँ प्रतिकुल अशर पार्दै गएकोे र समाजमा हिंसा र हत्या लगायतका विसंगतिहरु बढ्दै गएको भन्दै तत्काल त्यस्ता प्रकारका मदिराको विक्रि वितरणमा रोक लगाईएको वताईएको छ । उक्त विज्ञप्तीमा स्थानीय प्रशासनले कमिसनको भरमा गाउँघरमा उत्पादित घरेलु मदिरा नष्टगरि प्लाष्टिकका टुङ्कुला र कन्टेसा लगायतका अत्यन्तै न्यून प्रकारका मदिरा विक्रि वितरणकालागि प्रसय दिएको आरोप छ । उनीहरुले त्यस्ता प्रकारका मदिराको विक्रि वितरण गरेको फेला पारेमा उत्पादक कम्पनी, डिलर र विक्रि गर्ने व्यवसायीहरुलाई कडा भन्दा कडा कार्वाही गर्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]