संसदको बैठक बस्दै, काँग्रेस र मधेसी मोर्चाद्वारा अवरोधको तयारी

२०७२ कार्तिक २२ गते, आईतवार

काठमाडौ, २२ कात्तिक । ब्यवस्थापिका संसदको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा भूकम्पपछिको पुनःनिर्माण सम्बन्धि विधेयक पेश गर्ने कार्यसूची रहेको छ । कार्यसूचीका विषयमा छलफल गर्न वैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । परामर्श समितिको बैठकमा विधेयकको एजेण्डा पेश गर्न बिहान विधायन समितिको बैठक बोलाइएको छ ।
विधायन समितिले पुनःनिर्माण विधेयकका विषयमा सहमति जुटाए संसदमा टेबुल हुने संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार नयाँ र पुरानो विधेयकमा दलहरुका धारणा फरक आएकाले पेश हुने सम्भावना भने कम देखिन्छ ।
प्रमुख प्रतिपक्षी दल र मधेसी मोर्चाले अवरुद्ध गर्ने भएकाले कार्यसूची अनुसार विधेयक पेश हुने सम्भावना कम रहेको छ । आजै महिला बालबालिका समितिको बाािर्षक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]