प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

२०७२ कार्तिक २४ गते, मंगलवार

|
काठमाडौं, २४ कार्तिक । सरकार गठन भएको एक महिना पुगेको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा पहिलो औपचारिक सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्री ओलीले भारतले लगाएको नाकाबन्दीसहित अन्य विषयलाई समेटेर देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन ।प्रधानमन्त्रीको सम्बोधनमा मुलुकका समस्या र सरकारले गरिरहेका कामबारे जनतालाई जानकारी गराइने भएको छ । प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा गर्ने केही कामको सूचीसमेत सम्बोधनमा समेट्ने भएका छन् । नयाँ सरकार गठन भएको लामो समयसम्म देश अन्योलमै परेको र भारतले लगाएको नाकाबन्दीका विषयमा सरकारले आम जनतालाई सम्बोधन नगरेको भन्दै सामाजिक सञ्जालहरुमा असन्तुष्टि आउन थालेका बेला प्रधानमन्त्रीले देसवासीका नाममा सम्बोधन गर्न लागेका हुन । पछिल्लो समय नाकाबन्दीलगायतले अर्थतन्त्र धरासायी भइरहेका बेला प्रधानमन्त्रीको सम्बोधनमा केही प्रतिबद्धता आउने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]