मधेसी मोर्चासँग संयुक्त छलफल हुदै

२०७२ कार्तिक २९ गते, आईतवार

काठमाडौ, २९ कात्तिक । सरकारमा रहेका नेकपा एमाले, एकीकृत नेकपा माओवादी र विपक्षी दल नेपाली कांग्रेसका नेताहरुले आज मधेसी मोर्चासँग वार्ता गर्ने भएका छन् । हिजोको सहमति अनुसार आज उच्च तहको वार्ता गर्ने नेताहरुले बताएका छन् ।
मधेसी मोर्चा राखेको संघीयसीमाका विषयमा मुख्य गरी दलहरुबीच छलफल हुनेछ । मधेसी मोर्चाले तराई मधेसमा दुई प्रदेशको अडान राखेकाले त्यसमा प्रमुख दलका तर्फबाट धारणा पेश हुनेछ ।
हिजो एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसले मोर्चाका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए । आज गर्ने वार्ताको समय भने तय भइसकेको छैन ।
सुशील कोइराला नेतृत्वको सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकलाई पनि अगाडि बढाउने र सीमांकनका विषयमा आयोग बनाउने सरकारमा रहेका दहरुको अडान छ ।

प्रतिक्रियाहरु

[anycomment]