मोर्चासग निर्णायक वार्ता हुदै
काठमाडौ २ मंसिर । मुख्य तीन दल र तराई मधेशमा आन्दोलनरत मधेशी मोर्चाबीच आज निर्णायक वार्ताको तयारी भएको छ । तर वार्ताका लागि समय र स्थान भने अझैसम्म तय भइसकेको छैन । मधेशी मोर्चाका नेताहरुले प्रदेश सिमांकनमा साझा धारणा बनाएर वार्तामा आउन भनेपनि मुख्य तीन दलले अहिलेसम्म साझा प्रस्ताव तयार पारेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजको वार्तालाई निर्णयक बनाउनका लागि आफूहरु अधिकतम लचकताका साथ प्रस्तुत हुने बताएका छन । आज वार्तामा बस्ने भनिएपनि आफूहरुलाई कुनै जानकारी नगराएको मोर्चाको भनाई छ । मोर्चा आवद्ध दल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले वार्ताबारे कुनै जानकारी नभएको बताए । आफूहरुले बुझाएको ११ बुँदे मागबारे मुखय तीन दलले कुनै प्रतिक्रिया नजनाएको भन्दै महत्तोले वार्ता भन्दै दलहरुले जनतालाई झुक्याउन खोजिएको आरोप लगाए । वार्ता अघि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल कांग्रसबीच साझा धारणा बनाउन प्रायस गरिने एकिकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनु भएको छ । यसक्रममा आज बिहानैबाट द्धिपक्षीय त्रिपक्षीय अनौपचारिक छलफलको तयारी भइरहेको श्रेष्ठले बताए ।