दुहबीमा गोलि चल्यो
काठमाडौ, ५ मंसिर । बृहत नागरिक समाजले सुनसरी जिल्लालाई टुक्र्याउन नहुने माग गर्दै निकालेको सदभाव र्यालीमा मधेसी मार्चाका कार्यकर्ताले ढुंगामुढा गरेपछि मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्यास, ६ राउन्डभन्दा बढी हवाई फायर गरेको छ । त्यस क्रममा तीन प्रहरीसहित ९ जना घाईते भएको जनाइएको छ ।
यस्तै मोर्चाका कार्यकर्ताले सुनसरीमै एक एम्बुलेन्स तोडफोड गरेका छन् । अक्सिजनसहित गम्भीर बिरामी बोकेको एम्बुलेन्समा मोर्चाका कार्यकर्ताले दुहबीमा आक्रमण गरेका हुन् । आक्रमणमा चालक आनन्द बिकको टाउकोमा चोट लागेको छ । उनको अवस्था चिन्ताजनक छ । विराटनगरको सिटी अस्पतालबाट रिफर गरिएका एक बिरामीलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा को१च ४६१५ नम्बरको एम्बुलेन्समा मोर्चाका कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए ।