भारतीय नाकाबन्दी बिरुद्ध माओवादीले प्रदर्शन गर्दै
काठमाडौं, ८ मंसिर । नेकपा माओवादीले भारतले अघोषित रुपमा लगाएको नाकाबन्दी र हस्तक्षेपको विरुद्धमा प्रदर्शन गर्ने भएको छ । मधेश आन्दोलन र नाकाबन्दीले जनजीविका अस्तव्यस्त भैरहेको मौका छौपी कालोबजारी गर्नेहरुका बिरुद्ध पनि प्रदर्शन गर्न लागेको सो पार्टीका प्रबक्ता प्रकाण्डले जानकारी दिएका छन । माओवादीले कालोबजारीमाथि जनस्तरबाट कारवाही गर्ने भन्दै उनीहरु आफ्नो रेकर्डमा परेको जनाएको छ । आज मध्यान्ह १२ बजे राजधानीको शान्तिवाटिका, जमल, कमलादी, पुतलीसडक, पदमोदय मोड, प्रदर्शनीमार्ग, शहिदगेट, आरएनएसी हुदै पुन: शान्तिवाटिकामा पुगेर कोण सभा हुनेछ । सभालाई प्रवक्ता प्रकाण्डले सम्बोधन गर्ने बुझिएको छ ।
भारतीय हस्तक्षेपबाट नेपालीको दैनिकी चरम संकटमा परिरहेका बेला निजामती कर्मचारी नै कालो बजारी गर्नमा तल्लिन देखिएको भन्दै प्रदर्शन राष्ट्रिय स्वाधीनताको पक्षमा र दलाल–तस्करको विरुद्धमा लक्षित हुने माओवादीले जनाएको छ । प्रदर्शनका क्रममा माओवादीले भारतीय हस्तक्षेप र नाकाबन्दीविरुद्ध कडा धारणा सार्वजनिक पनि गर्नेछ । वर्तमान सरकारलाई दलाल र तस्करहरूको सरकारको संज्ञा दिएको विप्लव माओवादीले सरकारले कालोबजारीलाई बढावा दिएर जनतालाई दुःख दिएको आरोप लगाएको छ ।
सरकारले जनतालाई सहज आपूर्ति गर्न नसकेको र कालोबजारीलाई पश्रय दिएको विरुद्ध पनि भण्डाफोर गरिने माओवादीले बताएको छ ।