माओवादीद्धारा हिन्दी फिल्म र केवल टीभी प्रशारणमा रोक

२०७२ मंसिर १० गते, बिहीबार

काठमाडौ, १० मंसिर । नेकपा माओवादीले आजदेखि नेपालमा हिन्दी चलचित्र र हिन्दी टेलिभिजन च्यानल बन्द गराउने भएको छ । भारतीय नाकाबन्दीको विरोधस्वरुप देशभर हिन्दी च्यानल र चलचित्रमा रोक लगाएको नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले बताए ।
नेकपा माओवादीले चलचित्र हल र केबुल सञ्चालकहरुलाई हिन्दी चलचित्र तथा च्यानलहरु प्रसारण बन्द गराउन पत्राचर गरेको छ । केबल सञ्चालक र चलचित्र हल सञ्चालकहरुलाई हिन्दी च्यानल र चलचित्र बन्द गर्न भनिसकेको र त्यसमा साथ नदिए राष्ट्रिय स्वाधिनताका लागि आफ्नै तरिकाले बन्द गर्न आफ्ना इन्जिनियरहरु तयार रहेको प्रवक्ता प्रकाण्डले बताउए ।
माओवादीले भारतीय नम्बर प्लेटका मालवाहक गाडिहरु पनि चल्न नदिने जनाएको छ । भारतले गरेको अघोषित नाकाबन्दीलाई नेपाली सार्वभौममाथिको हस्तक्षेप भएको भन्दै विप्लव नेतृत्वको नेकपा माओवादीले चरणबद्ध रुपमा आन्दोलन घोषणा गरि त्यसको विरोध गरिरहेको छ । नाकाबन्दीको विरोधमा माओवादीले मंसिर १३ गते नोपालबन्दको आयोजना समेत गरेको छ ।यसअघि पनि नेकपा माओवादीले भारतको नाकाबन्दीको विरोधमा विभिन्न चरणका आन्दोलन गरेको थियो भने केबुल ससञ्चालकहरुले स्वतःस्फूर्तरुपमा हिन्दी च्यानल बन्द गरेका थिए ।
तत्कालीन सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालको दबावमा हिन्दी च्यानलको प्रसारण पुनः सुरु गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]