सेना परिचालन हुन सक्छ : रक्षामन्त्री रावल

२०७२ मंसिर १२ गते, शनिबार

काठमाडौं, १२ मंसिर । उपप्रधान एवं रक्षामन्त्री भीम रावलले राष्ट्र, जनता र लोकतन्त्रको सर्वोपरी हितका लागि आवश्यक परे सबै सुरक्षा निकाय परिचालन गर्ने बताएका छन् । आज राजधानीमा गरिएको साक्षात्कारमा रक्षामन्त्री रावलले सामाजिक सद्भाव र अखन्डतामा आँच पुर्‍याउने गतिविधि कुनै हालतमा पनि स्वीकार्य नहुने भन्दै आवश्यक परे सबै सुरक्षा निकाय परिचालन गरिने बताएका हुन् । उनले जनता र भूमिको रक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि सरकार पछि नपर्ने स्पस्ट पारे ।
रक्षामन्त्री रावलले आन्दोलनका नाममा औषधि बोकेका गाडीमाथि तोडफोड गर्ने, व्यक्तिलाई पेट्रोल खन्याउने, निर्वाध पारवहनलाई व्यवधान पुर्‍याउने काम अविलम्ब बन्द गर्न आन्दोलनरत दलहरुलाई आग्रह गरे । उनले भूपरिवेष्ठित मुलुकको हैसियतले नेपालले दुबै छिमेकी राष्ट्र चीन र भारतसँग समानरुपले व्यापारिक सम्बन्ध राख्ने तयारी सरकारले गरिरहेको जानकारी दिए । तराईको समस्या वार्तामार्फत् हल गर्ने पक्षमा सरकार रहेको भन्दै उनले समस्याको समाधान सडक आन्दोलनबाट नहुने स्पस्ट पारे ।

प्रतिक्रियाहरु

[anycomment]