१३ जना भारतीय सुरक्षाकर्मी सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाण्डौ ,१३ मंसिर । अवैध रुपमा नेपाल प्रवेश गरेका १३ जना भारतीय सीमा सुरक्षा बल एसएसबीका सुरक्षाकर्मीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।झापाको बिहारसंग सीमा जोडिएको केचना गाविसको सीमा नाकाबाट नेपाल प्रवेश गरेका १३ जना भारतीय सुरक्षाकर्मीलाई आज बिहान साढे ६ बजेतिर केचनास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका मध्ये चार जनासँग अत्याधुनिक राइफल समेत छ । तस्करलाई लखेट्दै गर्दा नेपाल प्रवेश गरेको उनीहरुले बताएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले भने घटनाबारे छानबीन भइरहेको बताएका छन् । हतियारसहित पक्राउ परेका सबैलार्ई केचना नाकामा रहेको सशस्त्र प्रहरीको बेसक्याम्पमा राखिएको छ ।