भारतीय नाकावन्दी विरुद्ध विशेष अभियान प्रारम्भ

२०७२ मंसिर १५ गते, मंगलवार

काठमाडाैं,१५ मंसिर । ६७ औ विश्व मानव अधिकार दिवसका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजले ‘नाकाबन्दी मानवता विरुद्धको अपराध हो, नाकावन्दी मानव अधिकारमाथि कुठाराघात हो’ भन्ने मुलनारा सहित १० दिवसीय विशेष अभियान मसिंर १५ गते जोरपाटीबाट प्रारम्भ गरेकोे छ । यस क्रममा मंसिर १५ गते दिउँसो जोरपाटी चोकमा हस्ताक्षर संकलन प्रारम्भ भएको छ । जसमा नेपालमाथि लागाइएको नाकावन्दी तत्काल अन्त्य गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गर्दै हस्ताक्षर संकलन भएको छ ।
हस्ताक्षर संकलन कार्यक्रमको अन्त्यमा आयोजित कोणसभामा बोल्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले भारतले नेपाल विरुद्ध लगाएको नाकावन्दी इतिहाँसकै लज्जास्पद घटना भएको र भारत जस्तो संसारको सबैभन्दा ठूलो लोकतन्त्रका लागि अशोभनिय भएको उल्लेख गर्दै नाकावन्दी तत्काल अन्त्य गर्न भारत सरकारलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा समाजका सभापति गङ्गाधर अधिकारी, कोषाध्यक्ष रेणुका पौडेल, समाजसेवी गोविन्द घिमिरे‘वेदमणी’, कृष्णजी खड्का, सामाजिक कार्यकर्ता गोपाल बराल, डा. सुवास प्याकुरेल, कोमल लामिछाने, कुमारमणी गजुरेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कवि बाजुराम पौडेलले कविता वाचन गर्नुभएको थियो ।
यसैगरी मंसिर १६ गतेको हस्ताक्षर संकलन कार्यक्रम जावलाखेल चोकमा दिउँसो १ बजेदेखि शुरु हुँदैछ भने मंसिर १७ गते विहिवार दिउँसो १ बजे भारतीय दुतावास अगाडी(लाजिम्पाट साँग्रीला होटलछेउ)धर्ना प्रदर्शन आयोजना गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु