प्रधानमन्त्री ओलीको सम्पत्ति ७ लाख मात्र

२०७२ मंसिर १७ गते, बिहीबार

काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नाममा ७ लाख रुपैयाँ मात्र रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उनले पेस गरेको सम्पत्ति विवरणमा आफ्नो नाममा एभरेष्ट बैंकमा सात लाख रुपैयाँ रहेको उल्लेख गरेका छन । उनको अरु घरजग्गा र धनसम्पत्ति श्रीमती राधिका शाक्यको नाममा छ । सम्पत्ति विवरण अनुसार ओलीसँग भक्तपुर बालकोटमा साढे एक रोपनी जग्गामा साढे दुईतले घर र झापामा १० कट्ठा जग्गा छ । यस्तै १३–१४ तोला सुनको गहना र श्रीमतीको नाममा १४ लाख रुपैयाँ बै‌ंकमा छ । सबै धनसम्पत्ति स्वआर्जनबाट प्राप्त भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]