भूकम्प पीडितलाई काठ ९० प्रतिशत छुटमा दिइने

२०७२ मंसिर १८ गते, शुक्रबार

काठमाडाै‌,१८ मंसिर । वन तथा भूसंरक्षण मन्त्री अग्नीप्रसाद सापकोटाले भूकम्प पीडितलाई घर निर्माणका लागि ९० प्रतिशत छुटमा आवश्यक काठ उपलब्ध गराउने बताएका छन । ‘भूकम्प पीडितलाई आवास निर्माणको लागि काठ उपलब्ध गराउने कार्ययोजना तयार भएको छ । योजना कार्यान्वयनमा आएपछि ९० प्रतिशत रकम छुटमा काठ उपलब्ध गराउँछौ’ शुक्रबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा उनले बताए । मन्त्री सापकोटाले नाकाबन्दीबाट खाना पकाउने ग्यासको समस्या भएपछि तत्कालको संकट टार्न सरकारले दाउरा वितरण गरेको बताउँदै सर्वसाधारणलाई राहत दिन दाउराको मूल्य घटाउने विषयमा समेत आन्तरिक तयारी भइरहेको जानकारी दिए । उनले नाकाबन्दी खुलाउन ट्रयाक वान, टु, औपचारिक, अनौपचारिक चौतर्फी रुपमा पहल भइरहेको र पछिल्लो समयमा सकारात्मक संकेत देखिएको भन्दै केही दिनमै नाकाबन्दी हट्ने बताए ।
सरकारले संविधान संशोधन विधेयक अगाडि बढाउने, सीमांकनको विषय समिति बनाएर टुङ्ग्याउने, आन्दोलनमा मृत्यु भएकालाई क्षतिपूर्ति दिने, घाइतेको निःशुल्क उपचार र झुठा मुद्दा फिर्ता लिने काम सरकारले अगाडि बढाएर आफ्नो तर्फबाट वातावरण बनाएको भन्दै उनले अब आन्दोलनकारीले पनि वार्ताको टेबलबाट समाधान नखोजे आन्दोलन उनीहरुको हातबाट फुत्किने दावी गरे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु