मोर्चाका शीर्ष नेता दिल्ली दौडिए

२०७२ मंसिर २० गते, आईतवार

काठमाडौं,२० मंसिर । मधेसी मोर्चाका शीर्ष नेता दिल्ली प्रस्थान गरेका छन् । तीन दलको साझा धारणा अस्वीकार गरेका उनीहरुले दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत राजनीतिक दलका नेतासँग नेपालको समसामयिक राजनीतिक घटनाक्रम र परिस्थितिबारे छलफल गर्ने कार्यक्रम छ ।
मोर्चाका नेताहरु राजेन्द्र महतो र महेन्द्र राय यादव शनिबार नै दिल्ली पुगिसकेका छन् भने उपेन्द्र यादव र महन्थ ठाकुर आइतबार बिहान दिल्लीतर्फ लागेका हुन् । मोर्चाका शीर्ष नेता दिल्ली जानुअघि शनिबार भएको त्रिपक्षी वार्ता पनि सहमतिमा पुग्न सकेन ।
संविधान संशोधन प्रक्रिया अघि बढाउने, राजनीतिक समितिमार्फत तीन महिनाभित्र सीमांकन विवाद टुंगो लगाउने तीन दलको साझा धारणा मोर्चाले अस्वीकार गरेको छ । अब मोर्चाका शीर्ष नेता दिल्लीबाट फर्केपछि मात्र वार्ता हुने भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]