आज ६७औं मानवअधिकार दिवस
काठमाडौ, २४ मंसिर। आज १० डिसेम्बर, ६७ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाईदैछ । यसवर्ष ‘हाम्रा अधिकार र स्वतन्त्रका लागि सबैको लागि घरघरमा मानव अधिकार, शान्ति र विकासको आधार’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा मानवअधिकार आयोगको अगुवाइमा अहिले भृकुटी मण्डपबाट शान्तिबाटिकासम्म प्रभातफेरी हुँदैछ भने दिउँसो आयोग परिसरमै विशेष कार्यक्रमको आयोजना गरिएको आयोगले जनाएको छ ।
६६ बर्ष अघि १० डिसेम्वर आजकै दिन संयुक्त राष्ट्रसंघीय महासभाले विश्वव्यापी घोषणापत्र जारी गरि मानवअधिकार दिवसको रुपमा मनाउने निर्णय गरेअनुसार नेपालमा पनि यो दिवस मनाउने गरिएको छ ।