एमाओवादीमा गृहमन्त्रीलाई फिर्ता बोलाउन माग
काठमाडौं, २६ मंसिर । एमाओवादीले सरकारको काम सन्तोषजनक नभएको भन्दै जनभावना अनुसार काम गर्न प्रधानमन्त्री र मन्त्रीहरुलाई सुझाव दिएको छ ।
आज बिहान बसेको स्थायी समिति बैठकमा नेताहरुले सरकारको काम सन्तोषजनक नभएको भन्दै आलोचना गरेका हुन् । उनीहरुले पार्टीबाट सरकारमा सहभागी नेताहरुको कार्यशैलीप्रति पनि तीव्र असन्तुष्टी जनाएका छन् । गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्प पीडितको कोटामा पार्टी नेताका छोराछोरी र आफन्तलाई चीन भ्रमणमा पठाएकोमा धेरै नेताहरुले आलोचना गरे । केही नेताहरुले बस्नेतलाई सरकारबाट फिर्ता बोलाउन समेत माग गरेका माओवादी स्रोतले जनाएको छ ।