लिम्बूवानको आन्दोलन रोकियो

२०७२ मंसिर २८ गते, सोमबार

काठमाडौ, २८ मंसिर । संघीय लिम्बुवान पार्टी नेपालले आइतबारदेखि पूर्वको नौ जिल्लामा आव्हान गरेको अनिश्चितकालीन बन्दलगायत सम्पूर्ण आन्दोलनका कार्यक्रम आजदेखि फिर्ता लिएको छ । झापा, मोरङ, सुनसरीलाई प्रदेश नम्बर १ बाट छुट्टाउने चलखेल भइरहेको र अरुण पूर्वका नौ जिल्ला लिम्बुवान घोषण हुनुपर्ने माग राख्दै आन्दोलित संघीय लिम्बुबानले आज झापाको दमकमा पत्रकार सम्मेलन गरेर बन्द लगायतको कार्यक्रम फिर्ता लिएको हो ।
झापा, मोरङ, सुनसरीका जिल्लालाई एक नम्बर प्रदेशमा राख्ने बिषयमा सबै चिन्तित रहेकाले लिम्बुवानले उठाएको मागमा पूर्ण समर्थन हुने आश्वासन पार्टीले पाएलगतै आन्दोलनको स्वरुप परिवर्तन गरिएको पार्टीका उपाध्यक्ष खगेन्द्र माखिमले जानकारी दिए ।
अब आन्दोलनको स्वरुप कस्तो हुन्छ भन्ने पार्टीले भने खुलाइएको छैन । अर्को आन्दोलन शान्तिपूर्ण हुने पार्टीका नेताहरुले आश्वसान दिएका छन । यता बन्दका कारण झापा, मोरङ्ग, सुनसरी, पाचथर, इलाम, ताप्लेजुङ, धनकुटा, संखुवासभा र तेर्हथुम जिल्लाको जनजीवन थप प्रभावित बनेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु