जनकपुर बिहानैदेखि तनाबग्रस्त

२०७२ पुष १ गते, बुधबार

जनकपुर, १ पुस । रामजानकी विवाहपञ्चमी महोत्सवमा सहभागि हुन राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर आउने भएपछि बुधबार बिहानैदेखि आन्दोलनरत्त पक्षले विरोध प्रदर्शन गरिरहेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी गठबन्धन, प्रगतिशील मधेसी समाज, मधेस अधिकार संघर्ष समिति, संयुक्त युवा संघर्ष समिति, मधेस बुद्धिजिवी नागरिक संघर्ष समिति, मधेस क्रान्ति संघर्ष समितिका नेता कार्यकर्ता बिहानैदेखि जनकपुरको ठाउँ ठाउँमा टायरबालेर नाराबाजी गर्दै प्रदर्शनमा उत्रेका छन् ।
कुनै अप्रिय घटना हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी जनकपुर बजारमा व्यापक संख्यामा परिचालन गरिएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकप्टरबाट आएरजानकी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ । आन्दोलनरत पक्षको प्रदर्शन र बजारभर सुरक्षाकर्मी परिचालन गरिएको कारण महोत्सवमा सहभागि हुन आएका लाखौँ श्रद्धालुहरु भयभित भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]