दशगजामा उभिने छुट अपराधीलाई मात्र हुन्छः सीमाविद् श्रेष्ठ

२०७२ पुष १ गते, बुधबार

काठमाडाैं । सीमाविद् बुद्धिनारायण श्रेष्ठले मधेसी मोर्चाका नेता-कार्यकर्ता दशगजाबाट नेपालीभूमिमा ढुङ्गा हानेर आपाराधीले गर्ने जस्ता कार्य गरेको बताएका छन् । देशभक्त संघीय जनवादी माेर्चा, नेपालले संवाद डबलीमा अायाेजना गरेकाे कार्यक्रममा बाेल्दै श्रेष्ठले अगाडि भने, ‘दशगजा भनेको दुई देशको सीमा हो, त्यहाँ कसैले आन्दोलन गर्ने अधिकार हुँदैन, अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजामा अपराधी मात्र जान सक्छ,’ उनले अगाडि भने, ‘दशगजामा उभिएको अपराधीले कुनै सीमा पार नगर्दासम्म दुबै देशले समात्न पाउँदैनन् ।’
मधेसी मोर्चाका नेताले मधेसी जनतामा अफवाह फैलाएको बताए । ‘नयाँ संविधान जारी भए मधेसीको जमीन खोसिन्छ, भारतसँग विवाहबारी गर्न पाइदैन भनेपछि मधेसी जनता सडकमा आएका हुन्’ श्रेष्ठले भने । उनले भारततर्फको दशगजामा महेश अग्रवालको दानापानी खाएर नेपालमाथि ढुङ्गा हान्ने नेताहरु राष्ट्रवादी हुन नसक्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]