मधेसी मोर्चाद्धारा नयाँ आन्दोलन घोषणा

२०७२ पुष ३ गते, शुक्रबार

काठमाडौं, ३ पुस । मधेसी मोर्चाले सरकारसँगको वार्ताको औचित्य नरहेको भन्दै आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेको छ । मधेसी मोर्चाको शुक्रबार राजधानीमा बसेको बैठकले ११ दिन लामो आन्दोलनका कार्यक्रम घोषणा गर्दै वार्ता पनि मधेसमा मात्रै गर्ने निर्णय गरेको हो । पुस ५ गतेदेखि १५ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम पनि अघि सारिएको छ । संविधान संशोधनकोप्रति जलाउनेदेखि मसाल जुलुस, जिल्लाहरुमा आमसभा र लाठीजुलुस प्रदर्शन गर्नेसम्मका आन्दोलनका कार्यक्रम मोर्चाले अघि सारेको छ ।
त्यस्तै, मन्त्रीहरु, सरकारका प्रतिनिधि र सांसदहरुलाई मधेस प्रवेशमा रोक लगाउने, सरकारी गतिविधि हुन नदिने निर्णय पनि मोर्चाले गरेको छ । आन्दोलनका कार्यक्रम घोषणा गर्दै तमलोपाका अध्यक्ष महन्थ ठाकुरले संसदमा पेश भएको संशोधन विधेयक अर्को षड्यन्त्र भएको भन्दै त्यसमा सहमत हुन नसकिने बताए ।

प्रतिक्रियाहरु

[anycomment]