काँग्रेसमा आन्तरिक किचलो

२०७२ पुष ७ गते, मंगलवार

काठमाडौ, ७ पुस । महाधिवेशन नजिकिदै गर्दा नेपाली काँग्रेस क्रियाशिल सदस्यता विवादको टुंगो लगाउने कसरतमा लागेको छ । त्यसकै विषयमा छलफल गर्न आज क्रियाशिल सदयता छानबिन समितिको बैठक बस्न लागेको समितिका एकजना सदस्य रमेश लेखकले जानकारी दिए । कांगे्रसले क्रियाशील सदस्यतामाथि उठेका विचार तथा सुझाव समेटेर अन्तिम निर्णय गर्ने जिम्मा छानबिन समितिलाई दिएको छ । यसअघिको बैठकको निर्णयअनुसार नरहरि आचार्य संयोजक रहेको समितिले आजसम्ममा पार्टी सभापति सुशिल कोइरालालाई बुझाउने जिम्मा दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]