परराष्ट्रमन्त्रीसहितको टोली चीन जाँदै

२०७२ पुष ८ गते, बुधबार

काठमाडौं , ८ पुस । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र कानुनमन्त्री अग्नि खरेल आज दिउसो एक बजे चीन प्रस्थान गर्दै छन । मन्त्रीहरुको पाँच दिने चीन भ्रमणका क्रममा दुई देशबीच दीर्घकालीन महत्व राख्ने आर्थिक तथा राजनीतिक मुद्दामा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यो भ्रमणलाई भारतीय नाकाबन्दीसँग जोडेर नहेरिदिन पनि मन्त्रालय स्रोतले आग्रह गरेको छ ।
यद्यपि भ्रमणका बेला चीनबाट इन्धन ल्याउने सम्भावनाका विषयमा पनि छलफल हुने पररारष्ट्र स्रोतको भनाइ छ । मन्त्रीद्वयको टोलीमा परराष्ट्र सचिव र वाणिज्य सचिवसमेत सहभागी हुनेछन् । कानून मन्त्रालयका अधिकारीहरु पनि मन्त्रीको टोलीमा सहभागी हुनेछन् । केपी शर्मा ओलीको नेतृत्वका नयाँ सरकार गठन भएपछि नेपाली अधिकारीहरुको उच्चस्तरीय टोली पहिलोपटक चीन भ्रमणमा जान लागेको हो ।

प्रतिक्रियाहरु

[anycomment]