भूकम्प पिडितलाई सातदिन भित्र राहत उपलब्ध गराउ : अख्तियार

२०७२ पुष १४ गते, मंगलवार

काठमाडौ , १४ पौष । अख्तियार दुरुपयोग हनुसन्धान आयोगले भूकम्प पिडितलाई एक साता भित्र राहत उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । चिसोका कारण भूकम्प पिडितको अवस्था कष्टकर बन्दै गएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो ।
आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह, स्थानीय विकास, स्वास्थय, आपूर्ति मन्त्रालय र सुरक्षा निकायका प्रमुखलाई बोलाएर दु्रत गतिमा राहत प्रदान गर्न निर्देशन दिएको हो ।
चिसोका कारण धादिङ, गोरखा, ललितपूर, दोलखा, रसुवा लगायत जिल्लामा भूकम्प पीडितको निधन भएकोप्रति चासो व्यक्त गर्दै आयोगले न्यानो कपडा किन्न सरकारले दिने भनेको १० हजार रुपैयाँ सात दिन भित्रमा उपलब्ध गराउन निर्देशन दिएको छ । तत्कालका लागि न्यानो कपडा किन्न सरकारले भूकम्प पीडितलाई १० हजार रुपैयाँ उपलब्ध गराउने भनेर जिल्ला जिल्लामा रकम पठाएपनि अझै पिडितहरुले पाउन नसकेको गुनासो आइरहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]