तीन दलका शीर्ष नेता छलफलमा
काठमाडौ, ३० पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएको मागबारे साझा धारणा बनाउन मुख्य तीन दलका शीर्ष नेताबिच छलफल हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताबिच छलफल हुन लागेको हो ।
शीर्ष नेताबिच छलफल भएपछि बिहीबार नै कार्यदलको बैठक बस्ने तयारी छ । आन्दोलनरत मधेसी मोर्चाको ११ बुँदे मागबारे मुख्य तीन दलले साझा धारणा बनाउने प्रयास गरिरहेका छन् ।
राजनीतिक संयन्त्रमार्फत एक महिनाभित्र सीमांकन बिबाद सुल्झाउने बारे कार्यदलमा छलफल भएपनि मोर्चाले संयन्त्रको वैधानिकता, क्षेत्राधिकार र कार्यविधि प्रष्ट पार्न माग गर्दै आएको छ ।