छात्रवृत्तिको नाममा अखिलको ठगी धन्दा
काठमाडौ, १९ माघ । पोखरा विश्वविद्यालय छात्रबृत्ति शाखाले लिएको छात्रबृत्ति छनौट परिक्षा सम्बन्धमा परिक्षाफल प्रकाशनमा नाम निकाली दिन्छु भन्दै एमाले अखिलले बिधार्थीबाट पैसा असुलेको खुल्न आएको छ । विप्लब माओवादी निकट विद्यार्थी सगठन अनेरास्ववियु (क्रान्तिकारी)ले पत्रकार सम्मेलन गरेर अखिलले मेरो संगठनले छात्रबृत्तिमा नाम निकाली दिन्छु, मिलाई दिन्छु भनी सोझा सिधा परीक्षार्थीहरु तथा उनीहरुको अभिभावकहरुलाई ठगेको बताएको छ । उसले एमाले अखिलले प्रति बिधार्थी (१,०००००।–) एक लाख रुपैया माग गर्ने गरेका जानकारी दिएको थियो ।
एमाले निकट अखिलका भूगोल जिल्ला सदस्य (पि.यु.मा अध्ययनरत) सन्देश दवाडी, र सागर पौडेलले ठगी गरेको र त्यसको प्रर्याप्त प्रमाण आफु संग रहेको क्रन्तिकारीले जनाएको छ । विप्लब माओवादी निकट विद्यार्थी सगठन अनेरास्ववियु (क्रान्तिकारी)ले प्रर्याप्त प्रमाण अडियो रेकर्ड र सम्बन्धित छात्रबृत्ति प्राप्त गर्ने परिक्षार्थी सुस्मिता सुवेदीको अभिभावकको साथमा आज पोखरा विश्वविद्यालयमा पत्रकार सम्मेलन गरी भण्डारफोर गरेका हुन् ।
सम्बन्धित परीक्षार्थी सुस्मिता सुवेदीका बुबा श्रद्धाखर सुवेदी पनि पत्रकार सम्मेलनमा बोल्दै मेरो छोरीले मेहनत गरी छात्रबृत्तिमा आफै नाम निकालेको तर अनेरास्ववियुका विद्यार्थी नेता सन्देश दवाडी र सागर पौडेलले बरम्बार फोन गरी मोटो रकम मागेको खुलासा गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै अखिल (क्रान्तिकारी)का गण्डक उप व्युरोका संयोजक तथा केन्द्रिय सदस्य प्रकाश बि.क.ले केही जिम्मेबार विद्यार्थीका संगठनका नेताहरुले बेइमान गर्दा पुरै विद्यार्थी आन्दोलन र विद्यार्थी संगठन बद्नाम हुनु परेको तर हाम्रो पार्टी ने.क.पा. माओवदी र अखिल (क्रन्तिकारीले यस्ता भ्रष्टाचार, दलालीकरण, शैक्षिक माफियाकरण विरुद्ध देश भर संघर्ष चलाएको बताए ।
सम्बन्धित घटनाको बारेमा जानकारी गराउदै संगठनका केन्दीय सदस्य एवं पोखरा विश्व विद्यालयका संयोजक नवराजले पोखरा विश्व विद्यालयका उप–कुलपती प्रधापक चिरन्जिवी प्रसाद शर्मालाई ज्ञापन पत्र पेस गरेको र दोषीलाई छानबिन गरी दोषीलाई कार्वाहीको माग गरी २४ घण्टा अल्टिमेटम् दिएको बताए ।
– आश गुरुङ्ग