आन्दोलनको स्वरुप परिवर्तन गर्न माग

२०७२ माघ २० गते, बुधबार

काठमाडौ, २० माघ । जनकपुर उद्योग वाणिज्य सङ्घले आन्दोलनको स्वरुप परिवर्तन गर्न आन्दोलनकारी पक्षलाई आग्रह गरेको छ । बन्दका कारण उद्योग, व्यवसाय, शिक्षा र यातायात क्षेत्र अत्यधिक आर्थिक मारमा पर्न गएको अवस्थालाई दृष्टिगत गरी आन्दोलनको स्वरुप परिवर्तन अपरिहार्य भएकोतर्फ समेत सङ्घले ध्यानाकर्षण गराएको छ ।
सङ्घका अध्यक्ष शिवशङ्कर साहले विज्ञप्ति जारी गर्दै बन्दका कारण पुँजी पलायनतर्फ उन्मुख अवस्था सिर्जना भएको उल्लेखतर्फ गम्भीर हुन आग्रह गरेका छन् ।उद्योग, व्यवसाय, शिक्षा र यातायात क्षेत्रलाई बन्दको प्रभावबाट मुक्त राख्न सबै आन्दोलनरत पक्षलाई आग्रह गर्दै जारी आन्दोलनप्रति पूर्ण समर्थन रहेको पनि विज्ञप्तिमा उल्लेख छ । – रासस

प्रतिक्रियाहरु

[anycomment]