क्षेत्राधिकार बढाउनु पर्‍यो : अख्तियार

२०७२ माघ २१ गते, बिहीबार

काठमाडौं, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले अख्तियारको क्षेत्राधिकार बढाउन माग गरेका छन । आयोगले आज आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्ने क्रममा सो अनुरोध गरेको हो ।
अख्तियारले अहिले ४०प्रतिसत भन्दा कम क्षेत्रमा मात्रै भ्रष्टाचार हेर्ने अधिकार पाएको भन्दै उनले संविधान संशोधनमार्फत् आयोगलाइ अधिकार सम्पन्न बनाउनु पर्ने बताए । विश्वमा हुने भ्रष्टाचारको सूचीमा नेपाल यसपटक झन् तल झरेको भन्दै अख्तियार प्रमुख कार्कीले राजनीतिक नेतृत्व जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
प्रतिवेदनअनुसार एक वर्षमा आयोगको केन्द्र र क्षेत्रमा गरी ३१ हजार २ सय १३ उजुरी दर्ता भएकोमा २१ हजार ६ सय ४८ फछ्र्यौट गरिएको छ । यस्तै, आयोगबाट अदालतमा दर्ता गरिएका मुद्दाहरुअन्तर्गत् १ अर्ब ४० करोड रुपैयाँ बिगो तथा जरिवाना दाबी गरिएको र १२ करोड ९ लाख ५७ हजार रुपैयाँ असुल भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]