प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा र कार्यतालिका तय
काठमाडौ, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको एजेण्डा र कार्यतालिका तय भएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमण मुलतः तीनवटा एजेण्डामा केन्द्रित हुने भएको छ । राजनीतिक सम्बन्ध सुधार, ऊर्जा आयात र आर्थिक विकासका केन्द्रित हुनेछ । फागुन ७ देखि ११ गतेसम्म हुने भ्रमणमा प्रधानमन्त्री ओलीले राजनीतिक र आर्थिकलगायतका मुद्दामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भारत भ्रमणको भोलिपल्ट ८ गते प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । ओलीले त्यही दिन भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
त्यसका साथै प्रधानमन्त्री ओली भूकम्प प्रभावित क्षेत्र हैदरावाद पनि जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले पनि आफ्नो भारत भ्रमण, सम्बन्ध सुधारमा केन्द्रीत हुने बताएका छन ।