एमाओवादी सरकारको समीक्षा गर्दै
काठमाडौं, ९ फागुन । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी कमिटीको बैठकमा सरकारले गरेका कामको समीक्षा सुरु गरेको छ । बैठकमा उपप्रधान तथा उर्जा मन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले सरकारले गरेका कामकारबाहीबारे पार्टीलाई जानकारी दिएका थिए । बैठकमा पार्टीका मुखपत्रका सम्पादकहरुले पनि देशको समसामयकि राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेका थिए
सरकारका कामकारबाहीबारे रायमाझीले दिएको जानकारी र सम्पादकहरुले दिएका रिपोर्टिङका विषयमा भोलिदेखि बैठकमा छलफल गरिने एमाओवादीले जनाएको छ ।
त्यसैगरी केन्द्रीय समितिको बैठकले गरेका निर्णयको समीक्षा, प्रदेश समितिहरूमा थपघट गर्ने, जनवर्गीय मोर्चाको भेला गर्नेलगायतका विषयमा पनि बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।