प्रधानमन्त्री ओली स्वदेश फर्किंदै

२०७२ फाल्गुन १२ गते, बुधबार

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली भारतको ६ दिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन । प्रधानमन्त्रीसहित नेपाली टोली बेलुका मुम्बईबाट काठमाडौं आइपुग्ने कार्यक्रम छ । प्रधानमन्त्रीले ओलीले आज मुम्बईमा स्थानीय उद्यमी, लगानीकर्ता र बलिउडका कलाकारसँग भेट गर्दैछन । तर प्रधानमन्त्री फर्कनुअघि संयुक्त विज्ञप्ती जारी गर्ने या नगर्ने विषय भने टुंगो लागेको छैन । संयुक्त विज्ञप्तीमा नेपालले संविधानप्रति भारतको पूर्ण समर्थन रहेको उल्लेख गर्न चाहेको छ भने भारतले महत्वपूर्ण उपलब्धी मात्र भन्ने उल्लेख गर्न खोजेको छ । यसलाई नेपाली पक्षले नेपालको नयाँ संविधानलाई भारतले स्पष्ट भाषामा स्वागत गर्न नचाहेको रुपमा लिएको छ । कुनै एक मुलुकका राष्ट्राध्यक्ष वा सरकार प्रमुखले अर्को देशको भ्रमण गरेपछि दुवै देशबिच भ्रमणमा सहमति भएका विषय समेटर संयुक्त विज्ञप्ती जारी गर्ने चलन छ । यसै अनुसार संयुक्त विज्ञप्ती जारी गर्ने तयारी भएपनि टुंगो लाग्न सकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]