जनस्वयंसेवकद्वारा युवा जागरण अभियान शुरु

२०७२ फाल्गुन १६ गते, आईतवार

काठमाडौं, १६ फागुन । राष्ट्रिय युवा जनस्वयंसेवकले ‘मेची महाकाली एकिकृत युवा जागरण अभियान ’पाँचथरको सदरमुकाम फिदिमबाट सुरु गरेको छ । नेकपा माओवादीनिकट युवा संगठनजन स्वयंसेवकले राष्ट्रियताको सवालमा जनतालाई जागरुक बनाउने, माओवादी आन्दोलनबाट प्राप्त उपलब्धि नयाँ संविधानले समेट्न नसकेको सन्दर्भमा जनतालाई आन्दोलनमा उठ्न अपील गर्ने तथा भ्रष्टाचार, कालोबजारी, दलालीका विरुद्ध युवाहरुलाई सचेत वनाउने मूख्य उद्देश्यका साथ उक्त अभियानको सुरुवात गरेको बताएको छ । माओवादी घटकहरुले ‘सहिद सप्ताह’ मनाइरहेको बेला जनवादी क्रान्ति पूरा नभएको वताउँदै आएको नेकपा माओवादीको सहायक संगठनले एक महिने पैदल यात्रा सहितको जागरण अभियानको सुरुवात गरेको हो । फिदिममा उक्त अभियानको सुरुवात गर्दै माओवादी पोलिटव्युरो सदस्य पदम राईले राष्ट्रियताको सम्वद्र्धन, जनघात विरुद्ध आन्दोलन र भ्रष्टाचार, कालोबजारी, दलालीका विरुद्ध प्रतिरोध गर्न युवाहरुले देशव्यापी अभियानको सुरुवात गरेको वताए । राईले आफ्नो पार्टीले गरेको आन्दोलन कसैको विरोधमा नभई राष्ट्रको मुक्तिका लागि भएको भन्दै देशलाई दलालको पञ्जबाट मुक्त गर्नुपर्ने जिम्मेवारी माओवादीको काँधमा रहेको वताए । राईले नेपाललाई राष्ट्रिय दलाल र क्षेत्रीय दलालले खान लागेको ठोकुवा गरे । प्रधानमन्त्री केपीशर्मा ओलीले जत्तिनै राष्ट्रियताको कुरा गरेपनिवर्तमान सरकार छद्म रुपमा भारतीय दलाली गरिरहेको र भारतीय स्वार्थ विपरित जाने वित्तिकै भारत सांसद किनबेच गरेर ढाल्ने राईको भनाई छ । राई सीमा मिचिदा नबोल्ने मधेशवादी दलहरुले मधेशी जनतलाई कहिल्यै अधिकार दिन नसक्दे दाबी पनि गरे । “देश नै बेचेर खान लागिसके । देश रहे पो मधेश, लिम्बुवान र खम्बुवान हुन्छ त” राईले भने । राईले माओवादीहरुले संसदीय व्यवस्था अवलम्बन गर्नै नहुने भन्दै संसदीय राजनीति ‘वास्तविक कम्यूनिष्ट’हरुको एजेण्डा हुनै नसक्ने दाबी गरे ।
कार्यक्रममा जनस्वयंसेवक अध्यक्ष झकबहादुर मल्ल ‘सुदीप’ले युवाहरुले देखेको देश परिवर्तनका सपना संसदीय व्यवस्थामा टुङ्गीन नसक्ने वताए । मध्यपहाडी जिल्लाहरुमा स्थलमार्गबाट युवालाई जागरण गर्दै अभियान आगामी चैत १७ गते काठमाण्डौँ पुगेर टुङ्गीने जनस्वयंसेवकका केन्द्रीय सचिव किरण पोखरेल ‘केशव’ले वताए ।

पश्चिममा वैतडीको झुलाघाटबाट जनस्वयंसेवककी केन्द्रीय कोषाध्यक्ष मिना चलाउने ‘सरिता’को नेतृत्वमा र पूर्वबाट पोखरेलको नेतृत्वमा युवाहरुको टोलीजागरणमा सहभागीहुनेछ । यसै बीच जनस्वयंसेवकले जनयुद्धका शहीद परिवारको सम्मानको कार्यक्रम पनि जागरण अभियानकै क्रममा गर्दै जाने वताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]