कांग्रेस खुलातर्फको मतगणना सम्पन्न

२०७२ चैत्र १ गते, सोमबार

काठमाडौं, १ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य चयनका लागि भएको निर्वाचनको खुलातर्फको मतगणना सकिएको छ । खुलातर्फ सबैभन्दा बढी मत ल्याएर डा. शेखर कोइराला निर्वाचित भएका छन् । डा.कोइराला निर्वाचनमा खसेको ३१ सय ४८ मतमा सबैभन्दा बढी १८ सय ४८ मत ल्याएर विजयी भएका हुन् । २५ जना खुला केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा उनीपछि दोस्रो स्थानमा खुमबहादुर खड्का र तेस्रो स्थानमा प्रकाशमान सिंह विजयी भएका छन् ।
खुला २५ पदमा विजयी हुनेमा क्रमशः रमेश लेखक, पूर्णबहादुर खड्का, कुलबहादुर गुरुङ, प्रदीप गिरी, प्रदीप पौडेल, बालकृष्ण खाँड, विमलेन्द्र निधि, धनराज गुरुङ र महेश आचार्य रहेका छन । त्यस्तै डा. रामशरण महत, बलबहादुर केसी, विश्वप्रकाश शर्मा, सुजाता कोइराला, शंकर भण्डारी, डा. प्रकाशशरण महत, एनपी साउद, गोपालमान श्रेष्ठ, डा. मिनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, बद्री पाण्डे र चन्द्र भण्डारी पनि विजयी भएका छन् । घोषित परिणाम अनुसार खुलातर्फका २५ सदस्यमा शेरबहादुर देउवा पक्षका १४ र रामचन्द्र पौडेल पक्षका ११ जना विजयी भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]