कांग्रेसको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बस्दै

२०७२ चैत्र ५ गते, शुक्रबार

काठमाडौं, ५ चैत । नेपाली काँग्रेस नयाँ कार्यसमितिको पहिलो बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई केन्द्रीय निर्वाचन समितिले निर्वाचित भएको प्रमणपत्र वितरण गरेको दुईदिनपछि बैठक बस्न लागेको हो । पार्टीका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले छजनालाई केन्द्रीय सदस्यका रुपमा मनोनयन गरेको घोषणा गरिसक्नुभएको छ । आजको बैठकले उनीहरूको मनोनयनलाई अनुमोदन गर्नेछ ।
काँग्रेस विधानअनुसार महाधिवेशनले पदाधिकारीसहित ६४ जनालाई निर्वाचित गरेको छ । महाविधेशनबाट सभापतिमा देउवासहित महामन्त्रीमा डाक्टर शशाङ्क कोइराला, कोषाध्यक्षमा सितादेवी यादवसहित ६१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

प्रतिक्रियाहरु

[anycomment]