आज अन्तर्राष्ट्रिय जातीय एवं रंगभेदविरुद्धको दिवस
काठमाडौ, ८ चैत । आज ५०औ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ,नेपालमा पनि दलित आयोगको संयोजनमा दलितसँग सम्बन्धित विभिन्न संघसस्थाले बृहत -याली तथा कार्यक्रम गरि दिवस मनाउँदै छन् । दक्षिण अफ्रिकामा सन् १९५९ मा साप भिल्ले शहरमा गोराजातिको रङ्ग विभेदका विरुद्ध आन्दोलनमा उत्रिएका ६९ जना कालाजातिको हत्या गरिएको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।
संयुक्त राष्ट्रसंघले त्यस घटनालाई मानव अधिकारको हनन् भनेर सन् १९६६ मा सबै प्रकारका जातीय विभेद उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित पनि गरिसकेको छ । नेपालले पनि सन् १९७१ मा महासन्धीको अनुमोदन गरिसकेको छ । २१ सालदेखि नै छुवाछुत गर्नेलाई कारबाही गर्ने नीति बनेको थियो भने नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिसकिएको छ । नयाँ संविधान २०७२ र भएका नीति तथा कानुनले सामाजिक विभेदलाई बन्चित गरेको छ । नीतिगत रुपमा हामी बलियो भएपनि व्यवहारमा अझै कार्यान्वयन हुन सकेको छैन ।