प्रधानमन्त्रीले ‘बोआओ फोरम’ मा सम्बोधन गर्ने
काठमाडौं, ११ चैत । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘बोआओ फोरम’ को वार्षिक सम्मेलनमा सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्रीसहितको टोली ‘बोआओ फोरम’ को वार्षिक सम्मेलनमा भाग लिन बुधबार साँझ चीनको राजधानी बेइजिङबाट दक्षिण पूर्वी तटीय सहर सान्या आइपुगेको हो । प्रधानमन्त्रीले आज बिहान सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ ।
सान्या आउनुअघि प्रधानमन्त्री ओलीले बेइजिङस्थित ‘ग्रेटहल अफ द पिपुल’ मा बुधबार जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्ष यु झेङ्गसेंगसँग भेट गरेका थिए । उनीहरुबीच नेपाल चीनबीच विभिन्न क्षेत्रमा सहयोग आदानप्रदान गरी सम्बन्ध सुदृढ गर्नुपर्ने विषयमा छलफल भएको थियो । – रासस