प्रधानमन्त्री ओली छलफल र भेटघाटमा व्यस्त

२०७२ चैत्र १२ गते, शुक्रबार

काठमाडौ, १२ चैत । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज भेटघाट र छलफलमा व्यस्त रहने बताइएको छ । प्रधानमन्त्री ओलीले आज सिआनमा बौद्धमार्गीहरूसँग भेटवार्ता गर्नेछन र लुम्बिनीमा भइरहेको बौद्ध सम्मेलनको जानकारी र नेपालमा घुम्न आउने विषयमा आग्रह गर्ने बुझिएको छ ।
प्रधानमन्त्री ओलीले आजै चिनियाँ परिषद्को कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ । उनले आजै चीन नेपालमैत्री चिकित्सा अनुसन्धान प्रयोगशाला अवलोकन पनि गर्ने छन ।
त्यसलगत्तै राष्ट्रिय चिकित्सा प्रतिष्ठान र सिआन मेडिकल विश्व विद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर हुँनेछ । प्रधानमन्त्री ओली आजै सिआनबाट सिचुवानको छेन्दुमा पुग्ने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]