वैद्य माओवादीको केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं, १२ चैत । नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठक आजदेखि बस्दैछ । बैठकमा एकीकृत माओवादीसँगको पार्टी एकतालगायतका विषयमा छलफल हुने बुझिएको छ । बैठक राज्य समितिको कार्यालय कुपण्डोलमा बस्ने बताइएको छ । बैठकमा पार्टी अध्यक्ष मोहन वैद्यले पार्टी एकताका लागि भएका प्रगतिबारे जानकारी गराउने र त्यसपछि केन्द्रीय सदस्यहरुबीच छलफल हुने बताइएको छ । बैठकमा नेता रामबहादुर थापाले पनि अलग प्रस्ताव पेश गर्ने तयारी गरेका छन् ।