प्रधानमन्त्री ओली स्वदेश फर्कदै
काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै छन् । चीनको आठ दिने भ्रमण सकाएर प्रधानमन्त्री ओली आज स्वदेश फर्कन लागेका हुन् । चीनमा रहँदा राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङलगायत उच्चस्तरीय राजनीतिक भेटघाट गरेका प्रधानमन्त्री ओलीले चीनको विभिन्न प्रान्त र शहरको पनि अवलोकन भ्रमण गरेका थिए ।
भ्रमणकै क्रममा नेपाल–चीनबीच दश बुँदे सम्झौतालाई निकै महत्वपूर्ण मानिएको छ । बेइजिङपछि बोआओ फोरममा सम्बोधन गर्न हेनान पुगेका प्रधानमन्त्री ओलीले त्यसपछि भूकम्पबाट प्रभावित क्षेत्रको पुनर्निर्माण स्थल र जिपिङपुस्थित ७७० मेगावाटको जलविद्युत् आयोजना अवलोकन गरेका थिए । हेनानपछि सान्या, सियान र छेन्दु पुगेका प्रधानमन्त्री त्यहाँबाट सीधै चार्टर विमानमा काठमाडौं आउन लागेका हुन् ।