पोखरेलको शव पद्मकन्या क्याम्पसमा

२०७२ चैत्र १६ गते, मंगलवार

काठमाडौ, १६ चैत । पद्मकन्या क्याम्पसका पूर्व स्ववियु सभापति लालकुमारी पोखरेल (स्वस्तिका) को शव श्रद्धाञ्जलीका लागि अहिले बिहान पद्मकन्या क्याम्पसमा राखिएको छ । उनको शव बिहान ७ बजेदेखि १० बजेसम्म श्रद्धाञ्जलीका लागि क्याम्पसमा राखिने नेविसंघले जनाएको छ । कांगेसको पूर्व महासमिति सदस्य समेत रहेकी उनको शवमा पार्टी सभापति शेरबहादुर देउवाले श्रद्धाञ्जली दिने कांगेसले जनाएको छ ।
उनको हिजो बाराका अमलेखगंजमा भएको गाडी दुर्घटनामा परी निधन भएको थियो । उनिसँगै गाडी चालक धु्रव कार्कीको घटनास्थलमै मृत्यु भएको थियो भने उनका भिनाजु गोविन्द बुढाथोकीको उपचारका लागि राजधानी ल्याउँदै गर्दा निधन भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]