अपहरित विमानवाट चालक दल र विदेशी यात्रु बाहेक अरु छुटे
काठमाडौ, १६ चैत । इजिप्ट एयरको आन्तरिक उडानका क्रममा अपरहणमा परेको विमानमा रहेका ८१ यात्रु मध्ये चालक दलका सदस्य र चार विदेशी यात्रु बाहेक अरु छुटेका छन् ।आज फ्लाइट एमएस १८१ को एयरबस ए ३२० विमान अपरहणमा परेको थियो । अलेक्जेन्ड्रियाबाट राजधानी कायरोका लागि उडेको विमानमा रहेको एक जना आत्मघाती पेटी बाँधेका आक्रमणकारीले विमानलाई साइप्रस डाइभर्ट गर्न चेतावनी दिएको इजिप्ट एयरले जनाएको छ । अपहरणमा परेको विमान साइप्रसमा अवतरण भएको हो । विमान अवतरण भएको साइप्रसको लारनाका विमानस्थलमा अहिले बन्द गरिएको छ । त्यहाँ अवतरण गर्ने विमानलाई अन्यत्र डाइभर्ट गरिएको छ । – एजेन्सी